विना अध्ययन, विना खोज र विना तथ्य सकारात्मक भन्दा देशमा नकारात्मक भाष्य निर्माण गरि अराजकता फैलाउने, द्वन्द्व भड्काउन अनेक षड्यन्त्र गर्ने र नयाँ पूस्तालाई तथ्यांक भन्दा मिथ्यांक सूचना प्रवाह गर्ने गिरोह समूह सक्रिय छन् । अहिलेको पुस्ताले इतिहासमा सकारात्मक र नकारात्मक बारे चिर्न जरुरत छन् ।
19.05.2025 23:46 — 👍 1 🔁 0 💬 0 📌 0
चिन्तन विवेक र भावी मार्ग हुन् । चिन्ता मानसिक रोग र दुस्साहस हो । जसले चिन्तन बोकेको हुन्छ, उसले समाज वा राष्ट्रको लागि योगदान दिन्छ र भावी कार्ययोजनाको मार्ग निर्धारण गर्छ । जसले चिन्ता लिन्छ, ऊ सधैं नकारात्मक र आक्रोश मात्रै पोख्छन् ।
08.05.2025 00:12 — 👍 1 🔁 0 💬 0 📌 0
नेपालीहरु विवेकमा भन्दा अवेगमा लागेपछि वैचारिक विचारधारा माथी विचार-विमर्श भन्दा व्यक्तिवादी चरित्रमा बढी लिप्स हुँदै गएको हो । कहिले पृथ्वीपथ, कहिले महेन्द्रपथ, कहिले प्रचण्डपथ, कहिले केपीपथ, कहिले रबिपथ र कहिले बालेनपथ भन्ने भाष्यले तथ्य भन्दा मिथ्यमा रमाएर विवेकहिन अराजकतावादीको प्रदूषित दुर्गन्ध फैलिरहेको छ ।
07.05.2025 06:02 — 👍 1 🔁 0 💬 0 📌 0
जब न्याय र मिडिया बिकाउ वा एकपक्षीय हुन्छ, तब देशमा अराजकतावादको बर्चस्व भै कुलीनतन्त्र , नेतातन्त्र, अदालतन्त्र, कर्मचारीतन्त्र , मिडियातन्त्र वा अनेक भिडतन्त्रको आतङ्क फैलावट हुन्छ । अनि जताततै माफियातन्त्रको राज चल्न थाल्छ । अन्ततः देशको अवस्था अनेक अराजकताहरुको अखडा बन्छ र असल मानिसहरुको स्थान हुँदैन अनि पाखा लाग्छ ।
05.05.2025 23:52 — 👍 0 🔁 0 💬 0 📌 0
यहाँ विद्वान धेरै छन् । नजान्ने र नबुझ्ने कोहि छैन । सबैले तर्क र विकर्त गर्न जानेकै हुन्छन् । अन्ततः नेपाल बन्न नसक्नुमा नबुझ्ने र नजान्ने भएर नभइ धेरै जान्ने र बुझ्ने दिग्भ्रमका अल्पज्ञ विद्वानहरुको बर्चस्व भएर मात्रै हो । यहाँ विद्वान मौन बस्छ, अल्पज्ञले विश्लेषण गर्छ । अनि अराजकताले सूचना सम्प्रेषण गर्छ । नागरिक त्यसैमा रमाउने गर्छ ।
04.05.2025 23:54 — 👍 0 🔁 0 💬 0 📌 0
जब सैद्धान्तिक सिद्धान्तहरु व्यवहारमा लागू हुँदैन, तब सैद्धान्तिक शिक्षा र प्रशिक्षणको महत्त्वको अर्थ राख्दैन । सैद्धान्तिक विचारधारा नै व्यवहारिक मार्ग हुन् । सैद्धान्तिक सिद्धान्तले मानिसलाई व्यवहारिक ज्ञान सिके मात्रै सैद्धान्तिक सिद्धान्तको महत्त्वको पुष्टि हुन्छ । अहिले अल्प सैद्धान्तिक ज्ञानले समाजमा व्यवहारिकता नभई अराजकताको बर्चस्व बढिरहेको छ ।
04.05.2025 01:53 — 👍 0 🔁 0 💬 0 📌 0
राजनीति क्षेत्र विचारधारा निर्माणको लागि विचारविमर्श, नागरिकको सेवा र राष्ट्र निर्माणको लागि नीति निर्माण गर्ने सार्वजनिक खुल्ला बहसको थलो हो तर अहिले विडम्बना: भ्रष्टाचार, आरोप प्रत्यारोप र मिथ्या सूचना प्रवाह, विचार विहिन र विचौलीयहरुको संगठनिक अखाडा सहित अराजकता निम्त्याउने थलो बनाएको छ ।
03.05.2025 00:01 — 👍 0 🔁 0 💬 0 📌 0
सरकार दिनप्रतिदिन नलायक बन्दै गएको छ । शिक्षक आन्दोलनलाई किन बेवास्ता गर्दै छ । कि शिक्षकसँग सहमति गरि ऐन ल्याऊ, कि सबै शिक्षकलाई बर्खास्त गरि नयाँ शिक्षक नियुक्ति गरौ । सरकार र शिक्षकले विद्यार्थी मार्दै छन् । विद्यार्थीको भविष्य मार्नु राज्य अपराधी हो ।
30.04.2025 12:48 — 👍 0 🔁 0 💬 0 📌 0
जहाँ दर्शनाचर्या वा विद्यापरिधीलाई राजिनामा गर्न लगाएर आधारभुत शिक्षामा अउतिर्ण रहेको हुन्छ र जसले घाटा गएको संस्थालाई नाफामा ल्याई जनतालाई उज्यालो दिन्छ उसाई जबर्जस्ती हटाउने कुशासन रहन्छ, तबसम्म देशको मुहार फेर्ने छैन । उहीँ असफलता, असक्षम र भ्रष्टहरुको अवस्था मात्रै फेरिरहनेछ ।
29.04.2025 23:49 — 👍 0 🔁 0 💬 0 📌 0
परिवर्तन नै सम्भवहरुको खुल्ला मार्ग हुन् तर परिवर्तन सम्भव छ भन्दैमा सामन्ती व्यवस्था र रुढीबादी प्रथा ल्याउन अनेक षडयन्त्र गरी व्यवस्थामाथी प्रहार गर्नु परिवर्तनको बिरोधि हो ।
27.04.2025 23:18 — 👍 0 🔁 0 💬 0 📌 0
शिक्षक आन्दोलनको बारे सरकार गम्भीर र जिम्मेवार बन्नुपर्छ । शिक्षा ऐन तत्काल ल्याई शिक्षक विद्यालय फर्किने वातावरण बनाउनु सरकारको दायित्व हो । शिक्षालाई गुणस्तर बनाउनु शिक्षकको पेशागत धर्म हुन् । अब शिक्षकले पनि विद्यालय सुधार्न हाजिर प्रथा त्याग्ने कानून बनोस् र राज्यले पनि शिक्षकको माग सम्बोधन गरोस् । राज्यले शिक्षकमाथी दमन गर्नु र शिक्षक पनि उग्र बन्नु गलत हुन् ।
27.04.2025 13:58 — 👍 0 🔁 0 💬 0 📌 0
मानिसको विवेक र चेतनालेनाले विचारहरु प्रवाह गर्छ, विचारले हरेक मार्ग निर्माण गर्छ र मार्ग निर्माणले सहि गन्तव्य पुर्याउन मद्दत गरिन्छ ।
27.04.2025 00:13 — 👍 0 🔁 0 💬 0 📌 0
हरेक मानिस परिवर्तनशिल नै हुन्छन् तर समयको परिवर्तन सँगै केही मानिस परिवर्तनशिल नहुँदा अपरिवर्तित हुँदै विवेकलाई बन्धक बनाई आपसी द्वन्द्व र हिंसामा परिणत गर्छन् ।
25.04.2025 01:24 — 👍 0 🔁 0 💬 0 📌 0
एक युग, एक दिन
वैशाख ११ गते युगान्तकारी दिन, जुन १९ दिने जनान्दोलन मार्फत २४० वर्षे विभेदकारी, असमान र सामन्ती राजतन्त्र व्यवस्थाको अन्त्य गराउन महासगर उर्लेर नेपाली जनताको अधिकार फर्काउने ऐतिहासिक लोकतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु । जय नेपाल
24.04.2025 02:26 — 👍 0 🔁 0 💬 0 📌 0
शिक्षकहरु आन्दोलन गर्छन्, शिक्षामन्त्री राजिनामा दिन्छ र सरकार मौन बस्छ । प्राय शिक्षक र नेताहरुको निजि विद्यालय छन् । नयाँ शैक्षिकसत्र नयाँ भर्नाको बेलाको तमासा सार्वजनिक विद्यालय ध्वस्त बनाउने षडयन्त्र हुन् । ब्रोकरहरुले विद्यार्थीको भविष्यमाथी चासो भन्दा चारैतिर घेराबन्दीमा राखेका छन् ।
22.04.2025 11:25 — 👍 0 🔁 0 💬 0 📌 0
शिक्षामन्त्री सुमना श्रेष्ठको बेला शिक्षक आन्दोलन भएको भए पूरानो राजनीतिक दलका झोलेहरुले काम गर्न दिएन भनी मजाले गाली गर्न पाउथे तर शिक्षामन्त्री बिद्यादेवी भट्टराईको बेलामा आन्दोलन गर्यो सरकार असफल भन्न पाइयो । शिक्षामन्त्री भट्टराईले राजिनामा नभई समाधान गर्न सक्नुपर्थ्यो तर समस्याबाट भाग्यो ।
21.04.2025 16:37 — 👍 0 🔁 0 💬 0 📌 0
शिक्षक आन्दोलनको माग विधेयकबाट सम्बोधन हुनुपर्छ तर शिक्षकको माग पूरा भएपछि विद्यार्थीको परिक्षा नतिजा, शिक्षाको गुणस्तर र हाजिरी प्रवृत्तिसँग चाहिँ सम्झौता नहोस् । शिक्षकको सेवासुविधा बढ्ने सँगै विद्यार्थीको भविष्य पनि सुनिश्चित होस् । अस्तव्यस्त शिक्षा क्षेत्रलाई सुन्दर भविष्यको पाठशाला बनाउन शिक्षकलाई जिम्मेवारी र जवाफदेही पनि बनौं ।
21.04.2025 01:08 — 👍 0 🔁 0 💬 0 📌 0
देश बनाउन त कुरै छाडौं, एउटा गभर्नर नियुक्ति गर्नलाई महिनौं लाग्ने । आखिर विचौलियाहरुको मोलमोलाइ नै नभएर होकि योग्य मानिस नभेटेर नियुक्ति नभएको होला ? राष्ट्र बैंक जस्तो महत्त्वपूर्ण निकायमा गभर्नर खाली राख्नु राष्ट्रको लागि विडम्बना हुन् ।
19.04.2025 06:56 — 👍 0 🔁 0 💬 0 📌 0
जो नेतृत्वसँग दुरदर्शिता हुन्छ, त्यहीँ नेतृत्वले न्याय दिन्छ, न्याय सर्वप्राणी र सर्वजगतको लागि आवश्यक छ तर अहिले नेतृत्वसँग न त दुरदर्शिता भेटिन्छ, न त न्याय दिन खोज्छन्, उहीँ विचौलिया र भ्रष्टहरुको संजालमा रमाउने बाहेक अरु कर्मकाण्ड मात्र गर्छन् ।
17.04.2025 22:56 — 👍 0 🔁 0 💬 0 📌 0
शिक्षासँग विद्यार्थीको भविष्य जोडिन्छ, विद्यार्थीको भविष्यसँग देशको भविष्य जोडिएको हुन्छ । अहिले नयाँ शैक्षिकसत्रमा नयाँ विद्यार्थी भर्ना गर्नुपर्ने बेलामा शिक्षक आन्दोलन चर्केको छ । सरकारले जायज मागको पूरा गरौं, नजायज माग भए सक्दैन भनौं, विद्यार्थीको भविष्यमाथी खेलवाड नगरौं ।
16.04.2025 23:54 — 👍 0 🔁 0 💬 0 📌 0
राजनीतिमा कसैको नजिक बन्नको लागि कसैप्रति लक्षित गरि सुनियोजित प्रहार गर्नु अराजकता नै हो । जो मानिसले स्वार्थ पूर्तिको लागि अनेक षड्यन्त्र गर्नु र अरुको सफलताप्रति अस्वीकार्नु विवेक हीनको पराकाष्ठा हुन् । अहिले आफू सुध्रिनु भन्दा षडयन्त्र गरि अराजकता फैलाउने समूहको बर्चस्व बढ्दै गएको छ । भ्रष्टाचारी र अराजकता राष्ट्रका दुश्मन हुन् ।
15.04.2025 23:37 — 👍 0 🔁 0 💬 0 📌 0
नयाँ २०८२ सालको शुभ अवसरमा अराजकता, हिंसा र आतंकको अन्त्य भइ नयाँ सोच, नयाँ विचार र नयाँ उमंग रहोस् हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
13.04.2025 22:41 — 👍 0 🔁 0 💬 0 📌 0
विचार विहिन कोही हुनु हुँदैन, विचार विहिन भन्नू नै विवेकहिन हो । जो विवेकहिन र जहाँ विवेकहिनहरुको बर्चस्व, त्यहाँ गुलामी संस्कार र अराजकता फैलाउछ । जहाँ विवेकशिल, त्यहाँ विचारविमर्श, जहाँ विचारविमर्श, त्यहाँ प्रशस्त गन्तव्यहरुको मार्ग कोरिन्छ ।
13.04.2025 03:02 — 👍 0 🔁 0 💬 0 📌 0
देश बनाउन कहाँ सकिएला यी मूला सागहरुले एउटा राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न सकेको छैन । गभर्नर योग्य र दक्ष व्यक्ति चाहिन्छ, उहीँ माफिया, कमिसन र घुसखोरी व्यक्ति नहोस् । कम्तीमा देशको अर्थतन्त्र उकास्न सक्ने व्यक्ति चाहिन्छ । लामो समयसम्म गभर्नर खाली राख्नु चलखेलको षडयन्त्र हुन् ।
12.04.2025 11:46 — 👍 0 🔁 0 💬 0 📌 0
देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा अर्थिक सुधारको कार्य-योजना केही छैन, जनशक्ति विदेश पठाउने अनि रेमिटेन्स भित्र्याउने बाहेक अरु आयस्रोत शुन्य छ । त्यहीँ रेमिटेन्सको भरमा तलबभत्ता खुवाउछ । राज्यले अनावश्यक खर्चिलो संस्थानहरु खारेज गरी कर्मचारी कटौती गर्नुपर्नेमा झन्झन् खर्च बढाउन भर्तीकेन्द्र बनाउछ । भोग्नुपर्ने यी विडम्बना.....
11.04.2025 23:22 — 👍 0 🔁 0 💬 0 📌 0
राज्यले वायु पदूषण नियन्त्रण गर्न खोजेन तर प्रकृतिले नै पानी परेर केही राहत दियो । अझै राजनीतिक पदूषण कायम छ, राजनीतिको पदूषण नियन्त्रण गर्न सरकार र राजनीतिक दलहरु सुध्रिनुपर्छ ।
10.04.2025 23:39 — 👍 0 🔁 0 💬 0 📌 0